देश

    प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी

    नवलपुर टुडे
    २०७९ चैत्र २९ | मध्यान्ह ०३:१२ बजे

      सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालको ठूलो जेनेरेटरमा आगो लागेको छ । आगो लागेपछि बिरामीको भागाभाग भएको छ ।

      अस्पतलको विरामी राख्ने ब्लकको छेउमा रहेको ठूलो जेनेरेटरमा आज दिउँसो आगो लागेपछि बिरामीको भागाभाग भएको हो ।

      जेनेरेटरमा लागो लागेपछि सयौं बिरामी एकसाथ बाहिर निस्किदा केही बिरामीलाई चोटपटक लागेपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

      आगलागी सिरहा नगरपालिकाको बारुणयन्त्र पुगेपछि नियन्त्रणमा लिएको छ । विद्युत सर्ट भएर जेनेरेटरमा आगो लागेको थियो । आगोले जेनेरेटर क्षतिग्रस्त बनेको छ ।

        कमेन्टहरु