देश

    भरतपुरस्थित टाइगरल्यान्ड होटलमा भीषण आगलागी, पाँच दमकलले निभाउँदै

    नवलपुर टुडे
    २०७९ चैत्र २९ | मध्यान्ह ०२:१२ बजे

      चितवन । चितवनको भरतपुर महानगरपालिका- २३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।

      जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार बिहान ११ बजेदेखि लागेको आगो निभाउन पाँच दमकल पुगेका छन्।

      आगो निभाउने क्रममा स्थानीय कृष्ण अधिकारी घाइते भएका छन् । आगलागीको कारण र क्षति विवरणको विस्तृत जानकारी आइसकेको छैन । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।

        कमेन्टहरु