देश

    बैतडीको झौलेकमा मध्यराती जीप दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु  

    असिम कामु
    २०७९ चैत्र २९ | बिहान ०५:१२ बजे

      बैतडी, चैत २९ । बैतडीको पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यू भएको छ । झुलाघाटबाट बझांगको बागथलातर्फ गईरहेको से १ ज ७६४ नम्बरको जीप राती ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

      मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् । 

      दुर्घटनामा जीपको पछाडी सवार ५ जना भने हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाई छ । जीपमा चालक सहित १२ जना रहेको बताइएको छ । घटनास्थलबाट शव ल्याउने कार्य बिहान मात्रै गरिने घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय र्बैतडीका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

      जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु