देश

    गैंडाकोटबाट पाँच जना जुवाडे पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र २८ | मध्यान्ह १०:१२ बजे
    फाइल तस्बिर

      गैंडाकोट, चैत्र २८ । पुर्बी नवलपरासीको गैंडाकोटमा पाँच जना जुवाडे पक्राउ परेका छन ।

      पक्राउ पर्नेमा पुर्बी नवलपरासी गैंडाकोट नगरपालिका- १ बस्ने बर्ष २४ को बिष्णु सापकोटा, गैंडाकोट नगरपालिका- ८ बस्ने बर्ष ४२ बर्षको राजु लामा, गैंडाकोट नगरपालिका- १ बस्ने बर्ष ४३ को हरि भुजेल, सुनसरी जिल्ला गढी गाँउपालिका- ६ घर भई हाल गैंडाकोट नगरपालिका- १ बस्ने बर्ष ४७ को नागेश्वर तब्दार र जिल्ला चितवन भरतपुर महानगरपालिका- २ बस्ने बर्ष ५४ को राधिका वान्तवा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायक निरीक्षक एवम सुचना अधिकारी सन्तोष पाठकले नवलपुर टुडेलाई जानकारी दिए ।

      उनीहरुलाई गोप्य सुचनाको आधारमा गैंडाकोट नगरपालिका- ४ स्थित गैंडाकोट मिनीमार्टको हाताभित्र रहेको अमृता गुरुङले संचालन गरेको अमृता खाजा घरबाट मंगलबार साझ ४:४० बजे पक्राउ गरेका हुन । पक्राउ पर्नेहरुको साथबाट ३ बुक ताससहित नगद रु.५३ हजार ३ सय रुपैया बरामद गरिएको छ ।

      उनीहरुलाई इलाका प्रहरी कार्यालय गैंडाकोटका प्र.नि. रीता पौडेलको कमाण्डमा ८ जनाको टोलीले नियन्त्रणमा लिईएको हो । पक्राउ पर्ने पाँचै जनालाई इलाका प्रहरी कार्यालय गैडाकोटको हिरासतमा राखी थप अनुशन्धान भईरहेको पाठकले जानकारी दिएको छ ।

        कमेन्टहरु