समाचार

    गोरखाको बालुवा केन्द्रविन्दु भएर गयो भूकम्प

    नवलपुर टुडे
    २०७९ चैत्र २८ | मध्यान्ह ०८:१२ बजे

      गोरखा, चैत २८ । गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।

      भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

      नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । रासस

        कमेन्टहरु