देश

    ढाका उड्न लागेका दुई बंगाली अबैध डलरसहित पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र २८ | मध्यान्ह ०२:१२ बजे

      काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई बंगलादेशी नागरिक अवैध अमेरिकी डलरसहित समातिएका छन् । 

      आज बिहान साढे ११ बजे विमान बंगलादेशको उडान नम्वर बिजी ३७२ बाट ढाका उड्न लागेका ४७ वर्षिय देवाशिसकुमार साह र ३७ वर्षे मोहमद मोफिजुल इस्लाम सुरक्षा चेकजाँचका क्रममा २० हजार एक सय अमेरिकी डलरसहित पक्राउ परेका हुन् ।

      उनीहरुलाई विमानस्थलको स्टेरलाईज चेकिङ एरियामा अवैध डलरसहित समातिएको प्रहरीले जनाएको छ । 
      उनीहरुले हाते झोलामा लुकाएर प्रतिव्यक्ति १० हजारका दरले डलर ढाका लैजान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सुरक्षाकर्मीले विमानस्थलको स्टेरलाईज चेकिङको एक्सरेमा पक्राउ गरेको हो ।

      पक्राउ परेका दुबैलाई विदेशी विनिमय नियमित सम्बन्धी ऐनविरुद्धको कसूरमा मुद्दा चलाउने प्रयोजनका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन बुझाउने तयारी छ ।

        कमेन्टहरु