देश

    आजबाट वैशाख २ सम्म तातोपानी नाका बन्द रहने

    नवलपुर टुडे
    २०७९ चैत्र २८ | बिहान ०७:१२ बजे

      आजबाट वैशाख २ सम्म तातोपानी नाका बन्द रहने
      काठमाडौं । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ ।नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखी वैशाख २ गतेसम्म बन्द हुने भएको हो ।

      ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

      यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।

        कमेन्टहरु