खेलकुद

    बार्सिलोना गिरोनासँग बराबरीमा रोकियो

    नवलपुर टुडे
    २०७९ चैत्र २८ | बिहान ०७:१२ बजे

      काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

      नोउ क्याम्पमा रोवर्ट लेवान्डोस्कीले सुरुमै गोल गर्ने अवसर गुमाएका थिए । फुलहमबाट लोनमा आएका गिरोनाका गोलकिपर पाउलो गाज्जानियाले केही राम्रा बचाउ गरेका थिए । यस सिजन बार्सिलोनाले घरेलु मैदानमा अंक गुमाएको यो तेस्रो पटक हो ।

      बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाउने अवसर गुमायो ।शनिबार रियल मड्रिड भियारियालसँग ३-२ ले पराजित भएपछि बार्सिलोना फाइदा पुगेको थियो । तर जाभीको टिमले पनि गिरोनालाई हराउन सकेन ।

      यद्यपि बार्सिलोना रियलभन्दा अझै १२ अंकले अघि छ । २८ खेलबाट बार्सिलोनाको ७२ अंक छ भने समान खेलबाट रियलको ५८ अंक छ ।

        कमेन्टहरु