समाचार

    २ करोड मागेको अडियोबारे रास्वपाका सांसद ढाकाकुमारले बुझाएनन् स्पष्टीकरण

    नवलपुर टुडे
    २०७९ चैत्र २७ | मध्यान्ह ०७:१२ बजे

      काठमाडौ । मन्त्री बन्न दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा स्पष्टीकरण दिएनन् । रास्वपाले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो ।

      तर, उनले अहिलेसम्म स्पष्टीकरण दिएका छैननन् । ‘अहिलेसम्म स्पष्टीकरण आएको छैन,’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने । उनका अनुसार पार्टीको अनुशासन कमिटीले सत्यतथ्य अनुसन्धान गरिरहेको छ । कमिटीलाई छानबिनका लागि तीन दिनको समय दिइएको छ ।

      अनुशासन कमिटीले दिएको प्रतिवेदनका आधारमा कारबाही के गर्ने भन्ने निर्णय गर्ने तयारी छ । हिजो प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको थियो ।

        कमेन्टहरु