नवलपरासीको सरावलमा पराल लोड गरेको ट्रकमा आगलागी हुदा बीस लाखको क्षती

नवलपुर टुडे
२०७९ चैत्र २७ | मध्यान्ह ०३:१२ बजे

नवलपरासी, चैत्र २७ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – ५ बड्की दुबौलियास्थित पराल लोड गरेको ट्रकमा अचानक आगलागी भएको छ ।
सोमबार मध्यान्ह १२:४५ बजे सो स्थानमा लु १ ख ४९१५ नम्बरको ट्रकमा अचानक आगो लागेको हो । आगलागी भएको खबर गोबरहिया चौकीलाई प्राप्त पश्चात प्र.ना.नि. गोकर्ण चौहानको कमाण्डमा ५ जनाको टोली खटिगई स्थानीय मानिसहरु, दमकल र प्रहरीको सहयोगमा आगो १३:२५ बजे नियन्त्रणमा लिईएको छ ।
आगलागीबाट मानविय र चौपाय क्षेती नभएपनि अन्दाजी पचास हजार बराबरको पराल र ट्रकसहित गरी बीस लाख बराबरको धनमाल जलि पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक एवम सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।
आगलागी के कारणले भएको हो, स्पष्ट नखुलेकोले अनुसन्धान भइरहेको पाण्डेयले बताए ।





