नाबालकसँगको चुम्बन गरेको भिडियो सार्बजनिक पश्चात दलाई लामाले मागे माफी


काठमाडौ । विश्वचर्चित तिब्बती धर्मगुरु दलाई लामा नाबालकसँग चुम्बन गरेपछि विवादमा फसेका छन् । सार्वजनिक भिडिओअनुसार लामाले बालकसँग चुम्बन गर्छन् तर त्यसपछि आफ्नो ‘जिब्रो चुस्न’ भनेपछि लामाको विरोध भएको हो ।
दलाई लामाले नाबालकसँग घिनलाग्दो व्यवहार गरेको भनेर सामाजिक संजालमा विरोध भइरहेका छ । विरोधपछि भने लामाले माफी मागेका छन् ।
समाचार संस्था एएनआईका अनुसार लामाले भनेका छन्,‘एक भिडियो क्लिप सार्वजनिक भएको छ जसमा हालैको भेटघाट देखाइएको छ । एक बालकले मलाई अँगालो दिन सक्नुहुन्छ कि भनेर सोधेका थिए । म बालक र उनका परिवार साथसाथै संसारभर रहेका उनका धेरै साथीहरूसँग मैले निम्त्याएको चोटको लागि माफी माग्न चाहन्छु ।
मैले प्रायः निर्दोष र चंचल तरिकामा भेट्ने मानिसहरूलाई जिस्काउने गर्छु, सार्वजनिक रूपमा र क्यामेरा अगाडि पनि । मैले घटनाप्रति माफी माग्न चाहन्छु ।’ एएनआईका





