अपराध

    पर्सामा १ सय १८ केजी चरेससहित ३ जना पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र २७ | मध्यान्ह १२:१२ बजे
    फाइल तस्बिर

      पर्सा, चैत २७ । पर्सामा ठुलो परिणाममा गाँजा र चरेससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट १ सय १८ केजी चरेस र ४ केजी गाँजासहित उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

      पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

      विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

      उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

        कमेन्टहरु