देश

    उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    नवलपुर टुडे
    २०७९ चैत्र २६ | बिहान ०९:१२ बजे

      उदयपुर । उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ । आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । 

      जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे. १ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।

      सो घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु