मधेश प्रदेश

    सर्लाहीमा नक्कली नोटसहित एक युवक पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र २६ | बिहान ०७:१२ बजे

      सर्लाही । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद राय रहेको छ । उनलाई प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको हो ।

      उनलाई बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए। उनका अनुसार  पक्राउ रायका साथवाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हो ।

      प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।

        कमेन्टहरु