समाज

    समयमाता मन्दिर सतभरामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

    नवलपुर टुडे
    २०७९ चैत्र २५ | मध्यान्ह ०९:१२ बजे

      कपिलवस्तु, चैत्र २५ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका- ७ सतभरामा रहेको समयमाता पुरम मन्दिरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ l

      बोर्डर आउट पोष्ट भिल्मी, प्रहरी चौकी भिल्मी तथा शमशेर दल गण शिवराज पोष्टका सुरक्षाकर्मीद्वारा सतभरा समयमाता मन्दिरमा वृहत सरफाई कार्यक्रम सम्पन्न गरिएको हो l

      मन्दिर सरसफाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री ईश्वर दयाल मिश्र तथा समाजसेवीहरूको उपस्थित रहेको मन्दिर व्यवस्थापन समितिले बताएको छ l समयमाता पुरम मन्दिरमा दुर्गा मन्दिर, हनुमान मन्दिर, सभाहल, धर्मशाला लगायत विभिन्न देवी देउताको मूर्ति र सागर कुण्ड रहेको छ l

      उक्त मन्दिर प्राचीन मन्दिर रहेको तथा उक्त क्षेत्रका श्रद्धालुहरूको आस्थाको केन्द्र बनेको स्थानीयहरू बताउछन् l

        कमेन्टहरु