खोटाङमा कोशी प्रदेश सांसदलाई दुर्व्यवहार गर्ने चार जना पक्राउ

नवलपुर टुडे
२०७९ चैत्र २५ | मध्यान्ह ०७:१२ बजे

खोटाङ । कोशी प्रदेशसभा सदस्य पाँचकर्ण राईलाई दुर्व्यवहार गर्ने चार जना पक्राउ परेका छन् ।खोटाङको दिक्तेलमा आयोजित जिल्ला समन्वय समितिको छैटौं जिल्ला सभास्थलमै शनिबार दुर्व्यवहार गर्ने युगसन किरात, डार्विन चाम्लिङ, सप्तमणि राई र सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।
कोसी प्रदेश विरूद्धमा आन्दोलनरत उनीहरु मन्चमै गएर विज्ञप्ति वाचन, नाराबाजी गर्ने, कालो झन्डा देखाउँदै सांसदलाई दुर्व्यवहार गर्ने क्रममा पक्राउ परेका हुन् । उनीहरूलाई केही समयपछि सम्झाइबुझाई गरी छाडिएको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारूङले बताए ।






