चितवनको रत्ननगरपालिका- १२ का महिलालाई उद्घाेषक तालिम


रत्ननगर । रत्ननगर वडा १२ का महिलाहरुकाे नेतृत्व विकासकाे लागि उद्घाेषाक तालिम दिइएकाे छ । वडा कार्यालयकाे आर्थिक सहयाेगमा उद्यमशिल महिला समूह वडा कमिटीले आयाेजना गरेकाे साे तालिममा ३५ जनाकाे सहभागिता रहेकाे थियाे ।
२३ गते विहीबार देखि सुरु भएकाे साे तालिम शनिबार (आज) समापन गरिएकाे छ । समापन कार्यक्रममा वडाध्यक्ष सुन्दरमणि सुवेदी र उद्यमशिल महिला समूह वडा कमिटीकी अध्यक्ष र्सिजना दाहालले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थियाे ।
साे अबसरमा वडाध्यक्ष सुवेदीले नेतृत्व विकास मार्फत महिलाहरुलाई राज्यकाे मुल प्रबाहमा ल्याउन कार्यक्रम आयाेजना गरिएकाे बताए । उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले नगर भित्रका विपन्न समुदायका महिलाहरुलाई आयआर्जन मार्फत जिविकाेपार्जनकाे आधार तयार गर्ने उद्देश्य रहेकाे बताईन ।
सञ्चारकर्मी मुस्कान काप्रीले प्रशिक्षण दिएका थिए । उद्यमशिल महिला समूह वडा कमिटी सचिव लक्ष्मी पाण्डेले सञ्चालन गरेकाे साे कार्यक्रममा उपाध्यक्ष सरस्वती कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।





