देश

    ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकोप्टरको पंखा खस्यो

    नवलपुर टुडे
    २०७९ चैत्र २५ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं, चैत २५ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा ल्याण्ड हुने क्रममा अल्डिच्युट एयरको हेलिकोप्टरको पंखा खसेको छ ।

      ह्याम्सका डाक्टरलाई चितवन लिएर जानका लागि त्रिभुवन विमानस्थलबाट हेलिप्याडमा अवतरण गर्दा पछाडिको पंखा खसेको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।

      अल्टिच्युटको हेलिकोप्टरको पंखा खसेपछि डाइनेस्टीको हेली लिएर डाक्टरको टोली चितवन पठाइएको भण्डारीले बताए । पंखा खसेको हेलिकोप्टर अस्पतालको हेलिप्याडमै छ । प्राविधिक आएर बनाएपछि लैजाने तयारी छ ।

      सो घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु