समाचार

    चितवनमा १८० किलो गाँजासहित ट्रक र ट्रक चालक नियन्त्रणमा

    नवलपुर टुडे
    २०७९ चैत्र २५ | बिहान १०:१२ बजे

      भरतपुर, चैत्र २५ । जिल्ला प्रहरी कार्यालय चितवनले १८० किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण बिहार, रक्सौल बस्ने वर्ष ३० का कुन्दन पटेल रहेको छ ।

      राप्ती नगरपालिका वडा नं.१ लोथर स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा भण्डाराबाट लोथरतर्फ गइरहेको अवस्थामा बीआर-०६ जी २१२८ भारतीय नम्बरको ट्रकमा लोड गरेको अवस्थामा प्रतिवन्धित लागूऔषध गाँजा नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ । साथमा रियलमी कम्पनीको एक थान मोवाइलसमेत बरामद गरेको छ।

      शनिबार उक्त सामान र ट्रकसहित ट्रकका चालक नियन्त्रणमा लिएर शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

      प्रहरीका अनुसार विशेष सुराकीको आधारमा ट्रक रोकेर चेकजाँच गर्दा ट्रकको क्याविनमा फल्स बटम बनाइ प्लास्टिकले बेरिएका १६ वटा पोका गाँजा फेला परेको चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।

      उक्त घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

        कमेन्टहरु