समाचार

    अश्लील भिडियो बाहिरिएपछि सांसद खानलाई कारबाहीको माग

    नवलपुर टुडे
    २०७९ चैत्र २५ | बिहान ०९:१२ बजे

      काठमाडौँ, चैत २५ । राष्ट्रिय एकता अभियानले जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुख देवराज घिमिरेसमक्ष ज्ञापन पत्र बुझाएको छ ।

      समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको अश्लील भिडियोसहितको समाचार बाहिरिएपछि अभियानले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेको हो । नेता खानको यस हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको उल्लेख गर्दै अभियानले कारबाहीको माग गरेको छ ।

      सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्छ भन्दै अभियानले नेता खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

        कमेन्टहरु