जलेश्वर कारागारबाट उपचार गर्न अस्पताल लगेका कैदी फरार

नवलपुर टुडे
२०७९ चैत्र २४ | मध्यान्ह ०५:१२ बजे

काठमाडौं । महोत्तरीस्थित जलेश्वर कारागारका एकजना कैदी भागेका छन् । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यादवलाई उपचारका लागी जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।
महोत्तरीको लोहरपट्टी नगरपालिका–९ घर भएका कृष्ण यादव फरार भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) महेन्द्र श्रेष्ठले बताए ।
उनी अस्पतालको शौचालयबाट उनी फरार भएको एसपी श्रेष्ठले बताए । फरार कैदीको प्रहरीले खोजी गरिरहेको छ ।





