पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

नवलपुर टुडे
२०७९ चैत्र २४ | बिहान १०:१२ बजे

काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् । चैत ५ गते पहिचानवादीको आन्दोलनको क्रममा घाइते भएका धरानका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
उक्त घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । कोशी प्रदेश सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।





