समाचार

    चितवनको रत्ननगरमा मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु

    नवलपुर टुडे
    २०७९ चैत्र २४ | बिहान ०९:१२ बजे

      चितवन, चैत्र २४ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा आज बिहान मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतो रहेका छन् । रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक उनको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ ।

      बेलायतमा बस्दै आएका उनी चैते दशैँमा नेपाल आएका थिए । प्रहरीका अनुसार उनमा दिर्घरोग केहि थिएन । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु