कैलालीको चुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुर टुडे
२०७९ चैत्र २३ | मध्यान्ह ०७:१२ बजे

धनगढी, चैत २३ । कैलालीको चुरे गाउँपालिका – ६ बयालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सु.प.प्र ०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक दानबहादुर सिजालीको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रीत भएर सडकबाट १० मिटर तल खसेको थियो ।
ट्याक्टरको बिच भागमा च्यापिएर सिजालीको घटनास्थलमा नै मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले बताएको छ ।





