देश

    रामेछापमा जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु

    नवलपुर टुडे
    २०७९ चैत्र २३ | मध्यान्ह ०७:१२ बजे

      मन्थली, चैत २३ । रामेछापको मन्थली नगरपालिका–७, कौछिनी (मगर गाउँ नजिक) बलेरो जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।

      मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए । स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ ।

      स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ । मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

        कमेन्टहरु