सत्ता गठबन्धनले आज सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

नवलपुर टुडे
२०७९ चैत्र २३ | बिहान ०९:१२ बजे

काठमाडौं, चैत २३ । सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । १० दलीय सत्ता गठबन्धनले आज अपराह्न सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका सबै दललाई अध्ययनका लागि दिइएको र सुझावसमेत प्राप्त भइसकेकोले अब सत्ता गठबन्धनको बैठकबाट पारित गरेर सार्वजनिक गर्ने तयारी छ । न्यूनतम साझा कार्यक्रम बनाउने काम गरिरहेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले न्यूनतम साझा कार्यक्रम तयार पार्ने काम सकिएको र प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यदलले बुझाइसकेको बताए ।
अब प्रधानमन्त्रीले सत्ता गठबन्धन बैठक राख्ने र छिट्टै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।





