राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

नवलपुर टुडे
२०७९ चैत्र २२ | मध्यान्ह ०५:१२ बजे

काठमाडौं, चैत २२ । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्किएका छन् । उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए ।
अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएको उल्लेख छ । राष्ट्रपति पौडेललाई केही समय पूर्णरूपमा आराम गर्न चिकित्सकहरूले सुझाव दिएको जनाइएको छ ।
यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । रासस





