समाचार

    हर्क साम्पाङ र बालेन शाहबीच भेटवार्ता

    नवलपुर टुडे
    २०७९ चैत्र २१ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौं, चैत २१ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ ।

      मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए । उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो ।

      ‘उहाँहरूले आ-आफ्नो ठाउँमा के/कस्ता कामहरू भइरहेका छन्, सोही विषयमा केन्द्रित भई कुराकानी गर्नु भएको थियो’ उनले भने ।

        कमेन्टहरु