समाचार

    दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीको सजाय तत्काल कार्यान्वयन नहुने

    नवलपुर टुडे
    २०७९ चैत्र २१ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौ, चैत २१ । मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ । पुनरावेदन अदालतले तल्लो अदालतको फैसला तत्काल कार्यान्वयन नर्गन भनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

      गान्धीले आफूलाई मानहानि मुद्दामा दोषि ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध हिजो गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिएका थिए । पुनरावेदन अदालतले अर्को सुनुवाइ अप्रिल १३ का लागि तोकेको छ । अब पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयन हुने छैन । पुनरावेदन अदालतले अर्को पक्षको उपस्थितिबिना अन्तिम फैसला दिन नमिल्ने बताएको छ ।

      उनले सन् २०१९ मा एक राजनीतिक सभामा सबै मोदी किन चोर हुन्छन् भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टी गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले मुद्दा दायर गरेको थिए । सो मुद्दामा दोषि ठहर भएसँगै उनको सांसद पद खारेज भएको थियो ।

        कमेन्टहरु