देश

    नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र २१ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौँ, चैत २१ । नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौबाट दुई जनालाई पक्राउ गरेको छ ।

      काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका – ३ स्थित एक गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको आरोपमा मंगलबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ वर्षीय आषिस तामाङ भन्ने निमा तामाङ र २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् ।

      उनीहरुले नक्कली फेसबुक आइडी बनाएर भेट्न बोलाएर गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु