देश

    नवलपुरमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीसहित चालक घाईते

    नवलपुर टुडे
    २०७९ चैत्र २१ | मध्यान्ह १२:१२ बजे

      कावासोती, चैत्र २१ । पुर्वी नवलपरासीको कावासोती- ८ ग्लोबल बैंकस्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको गण्डकी प्रदेश ०४-००१ प ०७१४ नं.को मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री र मोटरसाइकल चालक घाईते भएका छन ।

      घाईते हुनेमा साइकल यात्री कावासोती- २ बस्ने बर्ष अन्दाजी २७/२८ की भागिरथी सुवेदी र मोटरसाइकल चालक सोही स्थानका बर्ष ४४ तिल बहादुर सुनार रहेका छन ।

      घाइतेमध्ये साईकल यात्री सुबेदीको अनुहारमा चोट लागि गम्भीर रहेको छ । उनको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएको र मोटरसाइकल चालक सुनारलाई नवलपुर अस्पताल कावासोती पठाएको छ ।उनको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारीले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

      दुर्घटना मंगलबार बिहान १०:३० भएको थियो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिइएको छ । अहिले दुर्घटना स्थलमा प्र.ना.नि.चन्द्र बहादुर नेपालीको कमाण्डमा ४ जनाको टोलि खटि गएको सुचना अधिकारीले जानकारी दिएको छ ।

        कमेन्टहरु