देश

    ब्राउनसुगरसहित कैलालीमा ११ जना पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र २१ | बिहान ०९:१२ बजे

      धनगढी । कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जना पक्राउ परेका छन् । सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट ब्राउनसुगर सेवन गरिरहेका सातसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

      जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ४० वर्षीय आनन्द धामीलाई ३ ग्राम ४०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जानकारी दिए ।

      त्रिनगरस्थित तिल्केतालबाट ६५० मिलीग्रामसहित ईश्वर साउँद, टीकापुर नगरपालिका-१ बाट ११० मिलिग्रामसहित २२ वर्षीय शिशिर चौधरी र ४ ग्राम ८८० मिलीग्रामसहित भारतको तिकुनिया बस्ने २० वर्षीय सतिश रानालाई समेत पक्राउ गरिएको उनले बताए ।

      प्रहरी निरीक्षक साउँदकाअनुसार धनगढी उपमहानगरपलिका-३ को फिस रिसोट क्षेत्रमा लागुऔषध ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा भेटिएका सात जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

      कैलालीमा पछिल्लो समय लागुऔषध दुर्व्यसनी बढ्दै गएको छ ।

        कमेन्टहरु