ठुठिबारीबाट हराएका बालिकाको खोजीकार्य गर्न परिवारको आग्रह

नवलपुर टुडे
२०७९ चैत्र २० | बिहान ०९:१२ बजे

ठुठिबारी, चैत्र २० । ठुठिबारीबाट एक बालिका हराएको छ । राधा कुमारी इन्टर कलेज ठुठीबारीमा कक्षा- ७ मा पढ्ने १३ बर्षिय सालनी कुमारी बिश्वकर्मा हराएकी छिन ।
उनी चार दिन अगाडिबाट घरबाट हराएको उनको बुवा बिजय बिश्वकर्माले जानकारी दिएको छ । उनको मानसिक सन्तुलन ठिक नभएकोसमेत उनको आमा रिंकु बिश्वकर्माले जानकारी दिएको छ ।
उनको परिवारले बिगत तीन दिनदेखि खोजिकार्य गर्दा पनि फेला नपरेकोले खोजी कार्य गरी दिन सबैलाई अपिल गरेका छन । कँहि कतै देख्नेले नजिकैको प्रहरी कार्यालय, उनको परिवारको नेपाली मोबाइल नम्बर ९७६५३१५०६१ र भारतिय +९१-९११८३०७९५१ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेका छन ।






