राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिए प्रचण्डले

नवलपुर टुडे
२०७९ चैत्र १९ | मध्यान्ह ०१:१२ बजे

काठमाडौैं, चैत १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेर आज बिहान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रचण्डले पौडेलको स्वास्थ्य लाभको काम गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।
पौडेलको पेटमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका हुन् ।





