समाचार

    रौतहटमा मेयरको सट्टामा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र १९ | मध्यान्ह १२:१२ बजे

      रौतहट, चैत १९ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

      देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिँदै गरेका गरुडा – ६ पोठियाहीका कमल साह पक्राउ परेका हुन । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं.३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

      पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

        कमेन्टहरु