समाचार

    नवलपरासीको तरेनीबाट अवैध रूपमा ल्याइएका पशु चौपाया नियन्त्रणमा

    नवलपुर टुडे
    २०७९ चैत्र १९ | मध्यान्ह १२:१२ बजे

      नवलपरासी, चैत १९ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका – ५ तरेनीबाट प्रहरीले अवैध रुपमा भन्सार छली ल्याइएको पशु चौपाया नियन्त्रणमा लिएको छ ।

      प्रहरी चौकी रामनगरबाट प्रहरी सहायक निरीक्षक बिन्दस लामिछानेको कमाण्डमा खटिएको टोलीले आइतबार बिहान करिब साढे सात बजेको समयमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको ६ वटा भैंसी र ४ वटा पाडा नियन्त्रणमा लिएको हो ।

      नियन्त्रणमा लिइएका उक्त भैंसी र पाडाको अन्दाजी मुल्य रु. ४,८०,००० बराबर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । मानिसहरू भने फरार रहेको उनले बताए ।

      नियन्त्रणमा लिएका पशु चौपायालाई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुरमा बुझाएको र मानिसहरूको खोजतलाश तथा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु