देश

    आज प्रतिनिधिसभाको बैठक बस्दै

    नवलपुर टुडे
    २०७९ चैत्र १९ | बिहान ०७:१२ बजे

      काठमाडौ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । 

      यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

      उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

        कमेन्टहरु