समाचार

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    नवलपुर टुडे
    २०७९ चैत्र १९ | बिहान ०७:१२ बजे

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

      राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । हाल उनी चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ । 

      राष्ट्रपतिका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएको पुष्टि गरे ।

        कमेन्टहरु