देश

    खैरो हेरोइनसहित कैलालीमा दुई युवक पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र १८ | मध्यान्ह ०७:१२ बजे

      कैलाली । कैलालीमा दुईजना युवक हेरोइनसहित पक्राउ परेका छन् । भजनी नगरपालिका-७ चर्राबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३३ ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय ईन्द्र बहादुर कठरियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

      इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो ।

      यसैगरी, कैलाली धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

      पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय सगुन चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

        कमेन्टहरु