चितवनको शक्तिखाेरमा स्वास्थ्य शिविर : चेपाङ महिलाकाे स्वास्थ्य परीक्षण


कालिका । चितवनकाे कालिका नगरपालिका – ९ शक्तिखाेरमा शुक्रबार बृहद् स्वास्थ्य शिविर गरिएकाे छ । स्पाउस क्लव अफ आरसी रत्ननगर र राेटरी क्लव अफ रत्ननगरले आयाेजना गरेकाे साे शिबिरमा सीमान्तकृत चेपाङ महिला तथा अन्य समुदायका महिलाहरुकाे स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।
कालिकाका मेयर विनाेद रेग्मीले उद्घाटन गरेकाे साे शिविरमा महिलाकाे पाठेघरसहित अन्यराेगहरुकाे परीक्षण गरि औषधिसमेत प्रदान गरिएकाे थियाे । शिविरमा १०६ जनाकाे पाठेघरकाे मुख र स्तन क्यान्सर परीक्षण तथा भिडियाे एक्सरे गरिएकाे राेटरी क्लब अफ रत्ननगरका सचिव लक्ष्मीलाल श्रेष्ठले जानकारी दिए ।
सीमान्तकृत समुदायका महिलाहरु मातृत्व रक्षाकाे लागि शिविर आयाेजना गरिएकाे स्पाउस क्लव अफ आरसी रत्ननगरकी अध्यक्ष विमला सुवेदी खनालले जानकारी दिईन् । शिविर संयाेजक तथा राेटरी क्वल अफ रत्ननगरका पूर्व अध्यक्ष डा विजयराज न्याैपानेले कार्यक्रमकाे उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
उद्घाटन कार्यक्रममा भरतपुर अस्पतालका पूर्व मेसु तथा स्त्रीराेग विशेषज्ञ डा केशवराज भूर्तेलले महिलाहरुकाे पाठेघरकाे मुखकाे क्यान्सरले मृत्यूकाे मुख सम्म पु-याउने भन्दै समयमै परीक्षण गर्न सके जाेखिकबाट जाेगिन सकिने बताए ।
कार्यक्रममा राेटरी क्लव अफ रत्ननगरका अध्यक्ष रामहरि लम्सालले राेटरी क्लवमा आबद्घ सदस्यहरुबाट आर्थिक संकलन गरि सामाजिक काम गर्दै आएकाे बताए । पुस्तकालय, घण्टाघर तथा शाैचालय निर्माण देखि राज्यलाई सहयाेगी हुने गरि विकासका काम गरिएकाे उनकाे भनाई छ । विपन्न समुदायकाे शिक्षा, स्वास्थ्य, खानेपानीकाे उपलब्धताकाे लागि राेटरीले काम गर्दै आएकाे उनकाे भनाई छ ।
राेटरियन तथा राेटरी क्लबका अगुवा निरन्जन प्रधानले राेटरी क्लवकाे स्थापना र राेटरीले सञ्चालन गरेका कार्यक्रमकाे विषयमा जानकारी गराएका थिए । कार्यक्रममा राेटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्षहरु माधव अर्याल, निराजन खनाल, जनकराज पाैडेल, जगन्नाथ अधिकारी, विष्णु शर्मा, प्रेमकृष्ण खनाल लगायतकाे उपस्थित हरेकाे थियाे ।
स्पाउस क्लव अफ आरसी रत्ननगरकी अध्यक्ष विमला सुवेदी खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष गीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिईन् । विपी काेइराला मेमाेरियल क्यान्सर अस्पताल, माैलाकालिका अस्पताल, शक्तिखाेर स्वास्थ्य चाैकी,नेपाल औषधि व्यवसायी संघ चितवन, राेट्याक्ट क्लब अफ रत्ननगर र शक्ति युवा क्लबकाे सहकार्यमा शिविर आयाेजना गरिएकाे हाे ।
कार्यक्रम स्पाउस क्लवकी सचिव राधिका तिमिल्सिनाले सञ्चालन गरेकी थिईन् ।





