राजनीति

    मन्त्री छान्न कांग्रेसलाई सकस, देउवाले चारजनाको नाम प्रधानमन्त्रीलाई बुझाए

    नवलपुर टुडे
    २०७९ चैत्र १७ | मध्यान्ह ०१:१२ बजे

      काठमाडौ । आज अपराह्नसम्म सरकार  विस्तार गरी शपथ ग्रहण गराउने भनिएपनि सत्तारुढ दलहरुलाई मन्त्रीको नाम टुंग्याउन सकस परेको छ ।

      आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले अहिलेसम्म चारजनाको नाम मात्र प्रधानमन्त्रीलाई बुझाएको छ ।

      कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङको नाम मात्रै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई बुझाएका छन् । अरु नाममा सहमतिको प्रयास भइरहेको बताइएको छ ।

        कमेन्टहरु