कान्तिपुरकर्मी दाहाललाई पितृशोक

नवलपुर टुडे
२०७९ चैत्र १७ | बिहान ०८:१२ बजे

काठमाडौँ । कान्तिपुरकर्मी मणि दाहाललाई पितृशोक परेको छ । दाहालका बुबा ८६ वर्षीय डिल्लीराम उपाध्यायको बिहीबार राति निधन भएको हो ।
उच्च रक्तचापका बिरामी रहेका दाहाल राति लडेर अचेत भएपछि उनलाई काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा लगिएको थियो ।
अस्पताल पुर्याउने बित्तिकै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । दाहालका चार छोरा र एक छोरी रहेका छन् । मणि साइँला छोरा हुन् ।





