कृष्णनगरमा पटना आदिशक्ति देवी मन्दिरमा भव्य मेला तथा विशाल भण्डारा सम्पन्न


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका – ११ मा अवस्थित पटना आदिशक्ति देवी मन्दिरमा भव्य मेला तथा विशाल भण्डारा कार्यक्रम सम्पन्न भएको छ । चैत्र नवरात्रीको अवसरमा आदिशक्ति देवी मन्दिर संरक्षण समितिले मेला तथा विशाल भण्डाराको आयोजना गरिएको हो ।
पटना गाउँमा अवस्थित यो देवी मन्दिर माता जगदम्बाको पवित्र स्थल हो । यो आदिशक्ति देवी मन्दिरको स्थापना बि.सं.२०१६ मा स्थापना गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । यस स्थानमा माता जगदम्बा आदिशक्ति देवीको प्रतिमा आफै निस्केको जनविश्वास रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष मङ्गरे प्रसाद यादवले बताए ।
बिहिवार पटना आदिशक्ति देवी मन्दिर मेला र रात्री भक्ति भजन, किर्तनसहित साँस्कृतिक कार्यक्रम रहेको मेला समितिका अध्यक्ष राम फेरई हरिजनले जानकारी दिए ।
आगामी दिनमा आदिशक्ति देवी मन्दिरको प्रचारप्रसारको साथै अझै व्यवस्थित र भव्य रुपमा भण्डारा, भजनकिर्तन, साँस्कृतिक कार्यक्रमसहित आगाडी बढ्ने आयोजकले बताए ।
भिडियो





