देश

    बारा २ को निर्वाचन संयोजकबाट रास्वपाका गणेश कार्कीले दिए राजीनामा

    नवलपुर टुडे
    २०७९ चैत्र १६ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं, चैत १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएका छन् ।

      पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै पत्र लेखेर कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक भएर काम गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

      उनले भनेका छन् ‘व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारीबहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजीनामा दिएको छु ।’

        कमेन्टहरु