भ्रष्टाचार

    रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र १६ | मध्यान्ह ०२:१२ बजे

      बुटवल, चैत १६ । रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

      अख्तियार दुरूपयोग अनुसनधान आयोगले बिहीबार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

      उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि उनीहरुले सेवाग्राहीसँग ५० हजार घुस मागेका थिए । उक्त सूचनाको आधारमा बुटवलबाट खटिएको टोलीले तीन जनालाई घुस लिइसकेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालयबाट पक्राउ गरेको हो । 

      उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

        कमेन्टहरु