लोसपाबाट शरतसिंह भण्डरी मन्त्री बन्ने

नवलपुर टुडे
२०७९ चैत्र १६ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत १६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्न लागेको लोसपाका एक नेताले बताए ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकमा लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरिएको ती नेताले जानकारी दिए ।
भण्डारी मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।





