देश

    आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने तयारी छ : प्रधानमन्त्री दाहाल

    नवलपुर टुडे
    २०७९ चैत्र १६ | बिहान ११:१२ बजे

      चितवन, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । साथै उनले शपथ पनि आजै गर्ने तयारीमा आफू रहेको बताएका छन् । 

      बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘यदि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ ।’

      उनले एक दुई वटा मन्त्रालय मिलाउन बाँकी भए पनि अरू टुङ्गिएको बताएका छन् । 

        कमेन्टहरु