देश

    चितवन-२ मा श्रेष्ठ र तनहुँ-१ मा भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    नवलपुर टुडे
    २०७९ चैत्र १६ | बिहान ११:१२ बजे

      काठमाडौँ, चैत १६ । नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

      बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन-२ मा जीतनारायण श्रेष्ठ र तनहुँ-१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

      बारा २ मा भने कांग्रेसले उम्मेदवार तय गरेको छैन । सो क्षेत्रमा जसपालाई सघाउने कांग्रेसको तयारी छ । तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

      यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि चितवन-२ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

        कमेन्टहरु