देश

    दाङमा हत्या आरोपमा आमाछोरा पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र १५ | मध्यान्ह ०८:१२ बजे

      दाङ, चैत्र १५ । दाङ बंगलाचुली गाउँपालिका २ मर्पेसका ४० वर्षीय रेशम सुनारको हत्या आरोपमा उनकी श्रीमति र छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीया श्रीमति कमला र १७ वर्षीय छोरा शिवराज रहेका छन ।

      उनीहरुले रेशमको टाउकोमा मंगलबार राति कोदालो प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएएसपी राजनकुमार गौतमले नवलपुर टुडेलाई बताए ।

      हत्यापछि फरार रहेका छोरालाई घोराही–१९ पालीमा लुकिरहेको अवस्थामा र आमालाई घरबाटै पक्राउ गरेका हुन । हत्याको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको गौतमले बताए ।

        कमेन्टहरु