समाचार

    सिरहा गोलबजारका मेयरले आफुमाथि लागेको आरोप प्रमाणित गर्न दिए चुनौती

    नवलपुर टुडे
    २०७९ चैत्र १५ | मध्यान्ह ०७:१२ बजे

      सिरहा । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन । उनले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता तथा कार्यकर्तालाई आफू माथि लगाईएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन ।

      नेपाल कम्युनिस्ट पार्टी (बहुजन) सो का कार्यकर्ताले मेयर श्रेष्ठमाथि लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको लगायतका आरोप लगाउँदै मंगलबार कार्यालयमै मोबिल छ्यापेका थिए ।

      उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि झुटा आरोप लगाइएको भन्दै ती आरोप प्रमाणित गर्न चुनौती दिएको छ । मोबिल छ्याप्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नसमेत प्रहरी प्रशासनसमक्ष मागसमेत गरेका छन । उनले तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी प्रहरीले कारबाही नगरे आन्दोलन हुने चेतावनीसमेत दिए ।

      प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला मेयर श्रेष्ठमाथि एक जना अपरिचित व्यक्तिले केही कागज दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले कालो मोबिल खन्याएका थिए । सो घटनाको विरोधमा बुधबार बिहान नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गर्दै एक घण्टाभन्दा बढी पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा सडक अवरुद्ध गरेका थिए ।

      सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको थियो । प्रहरीले मेयरमाथि दुर्व्यवहार भएको घटनाको अनुसन्धान गरिरहेको र त्यसमा संलग्नहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक शंकर चौधरीले बताए ।

        कमेन्टहरु